जसपा सांसद अमृता अग्रहरी एमाले प्रवेश

लोकपथ
117
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा जसपा नेतृ अमृता अग्रहरी एमाले प्रवेश गरेकी छन् । आइतवार एमाले पार्टी सचिवालयको बैठक चालिरहेका बेला उनलाई एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् ।

गजेन्द्रनारायण सिंहको प्रेरणाबाट राजनीतिमा क्रियाशील रहेकी उनी लामो समयसम्म नोपल सदभावना पार्टीमा आबद्ध थिइन् । सदभावना पार्टीमा उनी बद्री मण्डलको निकटस्थ रहेकी थिइन् । उनी समानुपातिकबाट सांसद बनेकी थिइन् । जसपाले यसअघि समानुपातिकबाट सांसद बनेकालाई यसपटक सिफारिस नगर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?