नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: स्वर्ण पदक बढाउँदै खोटाङ

लोकपथ
117
Shares

खोटाङ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय प्रतिस्पर्धामा खोटाङले सात स्वर्ण जितेको छ । प्रदेश १ का विभिन्न जिल्लामा जारी प्रतियोगीताअन्तर्गत शनिबारसम्ममा सितोरियो कराते, पौडी र भारोत्तलनमा जिल्लालाई सात स्वर्ण हात परेको हो ।

सबैभन्दा बढी सितोरियो करातेमा पाँच स्वर्ण प्राप्त भएको छ । सितोरियो करातेतर्फ महिला समुह काँतामा समिता राई, विद्याकला राई र रोश्मा राईले एक स्वर्ण पदक जितेकी छन् । कुमुते ५५ केजी समूहमा विद्याकला राई, ६१ केजी समूहमा कञ्चन नेपाली, ६८ प्लस तौल समूहमा मिसडोना राई र ७५ केजी तौल समूहमा रुरिहाङ राईले स्वर्ण पदक जितेका छन् ।

यस्तै, पौडीमा क्रिस राईले दुई स्वर्ण जितेका छन् । उनले फ्रिस्टाइलमा एक र ब्रेष्टओमा एक स्वर्ण जितेका हुन् । भारोत्तलनमा ज्योति थापाले एक स्वर्ण जितेको जिल्ला खेलकुद विकास समितिका प्रमुख लिलाभक्त केसीले बताए । प्रदेशमा स्वर्ण पदक विजेताले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने छन् । स्वर्ण पदक नजिते पनि एथ्लेटिक्सकी दिर्पा बस्नेत, इन्दिरा श्रेष्ठ र गणेश बस्नेत तथा भलिबलमा रोशन विक र प्रविण कट्वाल पनि राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका छन् ।

प्रदेशस्तरीय प्रतियोगिताका लागि खोटाङबाट सितोरियो कराते, फुटबल, भलिबल, एथ्लेटिक्स, व्याडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, टेवलटेनिस, शारीरिक सुगठन, पौडी, भारोत्तलन र सफ्ट टेनिसका १५८ खेलाडी छनौट भएका थिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगीता पोखरामा २८ असोजदेखि ३ कात्तिकसम्म सञ्चालन हुने तालिका प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?