काठमाडौं । बालुवाटारस्थित सरकारी निवासमा रहेका निलम्बित चोलेन्द्र शमशेर राणाको निवासमा यतिबेला मानवअधिकार आयोग पुगेको छ ।
सरकारले आफूलाई निवासमा नजरबन्दमा राखेको निलम्बित प्रन्या राणाको प्रतिकृया दिएपछि मानवअधिकारकर्मीहरु उनको निवासमा छिरेका हुन् ।
शनिबार संसदको कार्यकाल सकिएसँगै राणा आज सर्वोच्च जाने तयारी गरेका थिए । बिहान ११ बजे सर्वोच्च जाने राणाले जानकारी गराएसँगै सर्वोच्च परिसरमा सुरक्षाव्यवस्था कडा गरिएको थियो भने नेपाल बारले पनि उनलाई बाटो छेक्ने निर्णय गरेको थियो ।
यता राणा भने सरकारले आफूलाई निवासमा तालाबन्दी गरेर नजरबन्दमा राखी सुरक्षाकर्मी परिचालन गरिएको बताएका थिए ।
शनिबार अबेर मात्रै महाअभियोग सिफारिस समितिले सभामुखलाई महाअभियोगबारे प्रतिवेदन बुझाएको थियो । हिजो मध्यरातबाट संसदको कार्यकाल सकिएसँगै महाअभियोग स्वतः निष्कृय हुने भन्दै सर्वोच्च जाने तयारीमा थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया