सेगवे नेपालको दसैँ–तिहार अफर सार्वजनिक

लोकपथ
26
Shares

काठमाडौं । सेगवे नेपालको दसैँ तथा तिहार अफर सार्वजनिक भएको छ । सेगवेको ई–स्कुटरमा फेस्टिभ अफर, आगामी दसैँ, तिहार र छठसम्म मान्य हुनेगरि आकर्षक अफर र नगद छुट सावर्जनिक गरिएको हो ।

नेपालका लागि सेगवे सवारी साधनको आधिकारिक वितरक आईहव प्रालिले दसैँं, तिहार र छठको अवसरमा ग्राहकहरुलाई आकर्षक छुट र पुरस्कारहरु उपलब्ध गराउने भएको हो । अफर नेपालका सबै सेगवे ई–स्कुटरका लागि मान्य हुनेछ । ‘यो दसैँ तथा तिहार सेगवेको साथ उपहार ७’ अफर नेपालमा सेगवेको दुईपाङ्ग्रे सवारी साधनको आक्रमक बजार रणनीति र विस्तारको निरन्तरता हो । सेगवेले नेपाली ग्राहकका लागि विविधता र गुणस्तर दुवै सुनिश्चित गरी उत्पादन उपलब्ध गराउने योजना बनाएको छ ।

यस अफरमा ग्राहकहरुले कुनै पनि सेगवेको उत्पादन खरिद गर्दा दश हजारसम्म नगद छुट एमएझफिट ब्यान्ड ५ वा एमएझफिट नियो ब्यान्ड ५ जस्ता निश्चित पुरस्कारहरू जित्न सक्नेछन् साथमा निःशुल्क बीमा र सडक कर पनि हुनेछ ।
साथै, ग्राहकहरूले लक्की ड्र मार्फत विभिन्न पुरस्कारहरू जित्ने अवसरहरू पनि प्राप्त गर्नेछन् । लक्की ड्र मार्फत २ जनाले किक स्कुटर (एफ४०), २ जनाले स्मार्ट फोन (मेईजु एम१७) र ५ जनाले (एमाजफिट जिटिएस २) स्मार्ट घडी जित्नेछन् साथै एक्सचेन्ज सुविधा, निःशुल्क (एएमसी र ईएमआई)को सुविधा पनि छ ।

सेगवेले मोपेड होस वा रोबोट आफ्ना सम्पूर्ण उत्पादनहरूमा उत्कृष्टता निश्चित गरेको छ । यो ब्रान्ड एक ट्रेन्डसेटर भएको छ र यसका सबै उत्पादनहरू विश्वव्यापी स्तरमा प्रयोग भईरहेका छन् । यसका उत्पादनहरु मितव्ययी हुनुका साथै ठूलो बजारलाई आकर्षित गरिरहेको छ । नयाँ सार्वजनिक र रोमाञ्चक उत्पादनहरूका साथ सेगवेले साझा मोबिलिटी क्रान्ति र नवीन समाधानहरूको साथ नेपालको सवारीसाधन बजारमा थप विस्तार गर्ने आफ्नो महत्वाकांक्षालाई पुनः बलियो बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?