हेमन्त कुमार चौरासिया विट्साको ‘वोर्ड अफ डाइरेक्टर’ मा निर्वाचित

लोकपथ
13
Shares

काठमाडौं । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ) का निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरासिया वल्र्ड इन्फर्मेसन टेक्नोलोजि एन्ड सर्भिसेज एलायन्स विट्साको सन् २०२२/२४ कार्यकालको निम्ति बोर्ड अफ डाइरेक्टरमा पुनः निर्वाचित भएका छन् ।

गत हप्ता बसेको विट्साको वार्षिक साधारणसभामा क्यान महासंघको प्रतिनिधित्व गर्दै चौरासिया सो पदमा आफ्नो तेश्रो कार्यकालका निम्ति निर्वाचित भएका हुन् । यसअघि उनि सन् २०१८/२० कार्यकालको निम्ति क्यानमा महासंघबाट प्रतिनिधित्व गर्दै सोही पदमा निर्वाचित भएका थिए ।

सन् २०२०/२२ कार्यकालमा उनि कोषाध्यक्ष रहेका थिए । चौरासियाले सन् २०१७ देखि २०१९ कार्यकालका निम्ति क्यान महासंघमा अध्यक्षको रुपमा नेतृत्व गरेका थिए ।

द नेशनल टेक एसोसियशन अफ मलेशिया (पिकोम) का अध्यक्ष डाक्टर शिन सीहको अध्यक्षतामा निर्वाचित २० सदस्यीय समितिमा ५ महादेशबाट प्रतिनिधित्व गर्दै मलेसिया, ब्राजिल, स्पेन, बर्मुडा, दक्षिण अफ्रिका, कोस्टारिका, जोर्डन, हंगकंग, बहराईन, नाइजेरिया, नेपाल, उत्तरी म्यासेडोनिया, क्यानाडा, अर्जेन्टिना, बङ्गलादेश, जापान, ताईवान, ईजिप्ट, रोमानिया र अर्मेनियाका सूचना तथा सञ्चार प्रविधि सम्बन्धी काम गर्ने संगठित छाता संगठनका प्रतिनिधिहरु निर्वाचित भएका छन् ।

विश्वका विभिन्न ८० देशमा सदस्यहरु रहेको विट्सा, विश्वको सूचना प्रविधि सम्बन्धी हुने समग्र आर्थिक कारोबारको ९० प्रतिशत प्रतिनिधित्व गर्छ । चौरासिया बोर्ड अफ डाइरेक्टरमा निर्वाचित भएकोमा क्यान महासंघले उनको सफल कार्यकालको कामना गरेको छ ।

साथै, विट्सामा उनको प्रतिनिधित्वले बदलिँदो प्रविधि र डिजिटल अर्थतन्त्रमा सबैको पहुँच एवम् सूचना तथा सञ्चार प्रविधि देश विकासको नयाँ रणनीतिक स्तम्भको रूपमा स्थापित गर्ने क्यान महासंघको प्रयासमा मदत पुग्ने विश्वास क्यान महासंघको रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?