चोलेन्द्र आज सर्वोच्च नजाने

लोकपथ
210
Shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा आज सर्वोच्च नजाने भएका छन् ।

शनिबार रातिबाट संसदको कार्यकाल सकिएसँगै आफूमाथि लगाइएको महाअभियोग निष्कृय भएको भन्दै आज सर्वोच्च जाने तयारी गरेका थिए ।

बिहान ११ बजे चोलेन्द्र सर्वोच्च जाने तयारी गरेसँगै सुरक्षा व्यवस्था कडा पारिएको थियो । चोलेन्द्र सर्वोच्च जाने भएसँगै नेपाल बार एशोशियसनले चोलेन्द्रलाई रोक्ने निर्णय गरि कानुन व्यवसायीहरु सर्वोच्च परिसरमा नाराबाजीमा उत्रिएका छन् ।

तर आज चोलेन्द्र सर्वोच्च नआउने नेपाल बार एशोसियशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले लोकपथलाई जानकारी दिए ।

उनी नआउने भएसँगै सर्वोच्चमा बेन्च बसिकेको र सो प्रक्रिया नै खारेज भएको उनले बताए ।

‘हामीले रोक्ने भनेका थियौँ । अब उहाँ नआउने भन्ने खबर छ । सर्वोच्चमा बेन्च समेत बसिसकेको छ । अब त्यो प्रक्रिया नै फेरियो भन्दा पनि हुन्छ ।’ उनले लोकपथसँग भने ।

चोलेन्द्र सर्वोच्च जाने भन्ने सूचनापछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको थियो । यता आफ्नो सरकारी निवासमा सरकारले तालाबन्दी गरेर प्रहरी परिचालन गरेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?