काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संसदको अधिवेशन सकिएसँगै महाअभियोग निष्कृय हुने भन्दै सर्वोच्च फर्किने तयारी गरेका छन् ।
निलम्बित राणाले आफू सर्वोच्च जाने भन्दै आफ्ना पीएसओलाई तयारी गर्न निर्देशन दिएका थिए । तर सरकारले निवासको गेटमा ताला लगाएर प्रहरी पचिालन गरिएको बताएका छन् ।
‘म सर्वोच्च अदालत जाने तयारी गरिरहेको थिएँ। तर, सरकारले निवासमै रोकिदियो। निवासलाई बाहिरबाट बन्द गरेर प्रहरी तैनाथ गरिएको छ।’ उनले भनेका छन् ।
उनी ११ बजे सर्वोच्च पुग्ने पूर्व जानकारी गराएका थिए ।
उनका पीएसओले सम्बन्धित सुरक्षा निकायलाई जानकारी समेत दिइसकेका छन् ।
चोलेन्द्र सर्वोच्च आउने भएसँगै सर्वोच्च वरिपरिको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया