प्रधानमन्त्री देउवाद्वारा जितिया पर्वको शुभकामना व्यक्त

लोकपथ
35
Shares
;’b”/klZrdf~rn ;/f]sf/ d~r g]kfnsf] ;fwf/0f;ef ;df/f]x uf}zfnf, @@ h]7M k|wfgdGqL z]/axfb’/ b]pjf cfOtaf/ ;’b”/klZrdf~rn ;/f]sf/ d~r g]kfnsf] !!cfF} ;fwf/0f;efnfO{ ;Daf]wg ub}{ . tl:a/M/f]zg ;fksf]6f÷/f;;

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक र सांस्कृतिक महत्वका साथ मनाइने जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य र दीर्घायूको शुभकामना व्यक्त गरेका छन् ।

आश्विन कृष्ण अष्टमीका दिन विशेषगरी तराईबासी मधेसी र थारु महिलाहरूले जितिया पर्वलाई आफ्नो सन्तानको सुख, शान्ति र प्रगतिको कामनासहित मनाउने एउटा उत्साहजनक एवं विशिष्ट पहिचान भएको पर्व हो ।

उनले शुभकामना सन्देशमार्फत हाम्रा संस्कृति र संस्कारमा रहेका विशिष्ट पहिचानका विशेषतालाई जितिया पर्वले पनि समेटेको उल्लेख गरेका छन् । साथै उनले यस पर्वले विविधताभित्र एकता र सामाजिक सद्भावलाई प्रवर्द्धन गर्नमा टेवा पुर्‍याएको बताए ।

यो पर्व खासगरी आमाहरूले आफ्नो जीवित पुत्रहरूका लागि व्रत बस्ने हुनाले यसलाई जीवित पुत्र पर्वको रूपमा मनाइन्छ । महिलाहरू पानीसमेत नखाई २४ घण्टासम्म भगवान जीतमहान गोसाईँको पूजाआजा गरी कठोर व्रत बस्ने परम्परा रहिआएको छ ।

थारु समुदायमा झ्याम्टा नाचका साथ जितिया पर्व मनाइन्छ । प्रधानमन्त्री देउवाले आमा र सन्ततीबीचको माया, प्रेम, समर्पण र वात्सल्य प्रगाढ बनाउन यो पर्वबाट प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै पर्व मनाउने सबैलाई हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन् ।

यसपर्वले आमा र सन्ततीबीचको पारस्परिक सद्भाव, मातृत्वपूर्ण सम्बन्ध र सहिष्णुताको भावनालाई थप प्रगाढ र सुदृढ पार्न प्रेरणा प्रदान गरोस् भनी उनले शुभकामना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?