काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई नेपाल बार एशोसिएसनले सर्वोच्च छिर्न नदिने भएको छ।
आज बिहान बसेको नेपाल बारको बैठकले निलम्बित प्रधानन्यायाधीश राणालाई सर्वोच्च छिर्न नदिने निर्णय गरेको हो।
निलम्बित प्रधानन्यायाधीश राणालाई बारमा छिर्न नदिने निर्णय भएको बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बताए ।
शनिबार मध्यरातिबाट संसदको कार्यकाल सकिएसँगै निलम्बित प्रधानन्यायाधीश राणाले महाअभियोग पनि निष्क्रिय भएको दाबी गरिरहेका छन् । जस अनुसार उनले आज आफू सर्वोच्च आउन लागेको भन्दै प्रशासनलाई जानकारी गराएका थिए । त्यससँगै नेपाल बारले उनलाई रोक्ने निर्णय गरेको हो ।
बारले निलम्बित प्रधानन्यायाधीश राणालाई रोक्ने भएसँगै त्यहाँको सुरक्षा सतर्कता अपनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया