समानुपातिक उम्मेदवार टुंग्याउन बालुवाटारमा कांग्रेस बैठक

लोकपथ
104
Shares

काठमाडौं । समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची तय गर्न नेपाली कांग्रेसको संसदीय समितिको बैठक चलिरहेको छ । प्रतिनिधि र प्रदेशसभामा समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची तय प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको हाे ।

निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूची असोज २ र ३ मा बुझाउने कार्यतालिका सार्वजनिक गरेको थियो । सोही अनुसार राजनीतिक दलहरुले आज उम्मेदवारहरूको टुंगो लगाउन लागेका हुन् ।

कांग्रेस बैठक बालुवाटारमा बिहान ९ बजेदेखि समिति बैठक चलिरहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । कांग्रेस सहमहामन्त्रीले मातहतका समितिबाट केन्द्रमा सिफारिस भएर आएका उम्मेदवारको नाम क्लस्टर अनुसार सूचीकृत गरेर शुक्रबार प्रतिवेदन बुझाएका थिए । उक्त प्रतिवेदनबाट उम्मेदवार छनोटका लागि कांग्रेस संसदीय समितिमा गृहकार्य भइरहेको पौडेलको भनाइ छ ।

प्रतिनिधिसभाका लागि दलहरूले समानुपातिक बढीमा १ सय १० र कम्तीमा ११ उम्मेदवारको नाम बुझाउन सक्छन् । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ अनुसार दलहरूले समावेशी सिद्धान्तअनुसार उम्मेदवारको बन्दसूची तयार गर्नुपर्ने हुन्छ । दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारू र मुस्लिमको संख्यामा प्रतिशतका आधारमा प्रतिनिधित्व हुने गरी उम्मेदवारको नाम दलहरूले आयोगमा बुझाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?