लोकपथ टप फिप्टिन : अछाममा बाढी र पहिरोको बितण्डादेखि सांसदको बिदाईसम्म (भिडियोसहित)

लोकपथ
52
Shares

१. अछाममा आएको बाढी र पहिरोमा परी २२ जनाको मृत्यु, ११ जना घाइते, ६ जना बेपत्ता, पीडितलाई तत्काल राहातको व्यवस्था मिलाउन सरकारसँग सांसदहरुको माग ।

२. सर्वोच्च अदालतले परमादेशबाट संसद पुर्नस्थापना गरेर न्याय गरेको प्रधानमन्त्री शेर बहादुर देउवाको भनाइ, सरकार मात्रै नभइ संसद पनि परमादेशबाट आएकाले सँगै काम गर्न पाइएको भन्दै ओली तर्फ व्यंग्य ।

३. वर्तमान सरकार कसरी बन्यो भन्ने कुरा छाताछुल्लै भइसकेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ, संसदको प्रारम्भमा निकै राम्रा काम भएको दाबी ।

४. सदनको मृत्युवरण रोकेर संविधान कार्यान्वयन गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दाबी, ओलीले आरोप लगाए जस्तो अहिलेको सरकार परमादेशी नभइ जनदबाब र संविधानअनुसार बनेको स्पस्ट ।

५. गृह मन्त्रालय र मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिबीच ५ बुँदे सहमति, सहमतिपछि समितिले साढे एक महिनादेखि गर्दै आएका आन्दोलनका कार्यक्रम स्थगित गर्ने ।

६. संविधान घोषणा भएको ६ वर्ष बितिसक्दा पनि देशका सबै नागरिकले यसको स्वामित्व लिन नसकेको जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवको आरोप, नागरिकता विधेयकको विवादले संसदको औचित्यनै समाप्त हुन खोजेको हो की भन्ने अशंका व्यक्त ।

७. नेपालमा गठबन्धनको राजनीति सुरु भएको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको भनाइ, आफूले वामपन्थी मिलेर जाने प्रस्ताव गरेपनि ओलीका कारण सम्भव नभएको उल्लेख ।

८.स्थानीय तहहरुलाई बजार अनुगमन गर्न उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूको आग्रह, मुल्यवृद्धि नियन्त्रण गर्न तिनै तहको सरकारले बजार अनुगमन गर्नुपर्ने जिकिर ।

९.आजबाट दशैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला, बसपार्क क्षेत्रमा टिकट काट्नेको भीड, परिचयपत्र लगाएका कर्मचारीहरूसँग मात्रै टिकट काट्न यात्रुहरूलाई आग्रह ।

१०. आज आश्विन सङ्क्रान्ति अर्थात विश्वकर्मा पूजा, आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातु जन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइयो ।

११. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ३ हजार ७ सय ४० परीक्षणमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ३१ जना कोरोना संक्रमण मुक्त ।

१२. सोभियत संघको पतन भएदेखि नै विवादित दुई भूतपूर्व सोभियत राज्य किर्गिस्तान(ताजिकिस्तान विवादले उग्र रुप लिँदै, सीमामा भएको झडपमा ३० जनाको मृत्यु, दर्जनौं घाइते ।

१३. इजरायलले सिरियामा गरेको हवाई हमलामा परी पाँच सैनिकको मृत्यु, हमलामा ठूलो भौतिक क्षति भएको विवरण ।

१४. इंग्लिस प्रिमियर लिगमा आज राति म्यानचेस्टर सिटी र वल्भ्स भिड्दै, लिगको दोस्रो स्थानमा रहेको सिटीलाई वल्भ्सलाई हराउदै शीर्षस्थानमा उक्लने अवसर ।

१५. साविकको विजेता भारत सेमिफाइनलबाट बाहिरीसँगै महिला साफ च्याम्पियनसिपमा पहिलो पटक नयाँ च्याम्पियन बन्ने पक्का, उपाधिका लागि सोमबार नेपाल र बंगलादेश भिड्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?