सन्धिखर्क-गोरुसिंगे सडक अवरुद्ध

लोकपथ
52
Shares

अर्घाखाँची । महेन्द्र राजमार्गबाट अर्घाखाँची जोड्ने प्रमुख सडक सन्धिखर्क गोरुसिंगे सडक अवरुद्ध भएको छ ।

सन्धिखर्क गोरुसिंगे सडक खण्ड अन्तर्गत सन्धिखर्क नगरपालिका वडा नम्बर ६ घुम्ती नजिकै पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।

केही दिनदेखीको वर्षसँगै निरन्तर पहिरो झरिरहेको घुम्तीमा वडा कार्यालय र शिवपुर सडक डिभिजन कार्यालयले सडक खुलाउँदै आएकोमा आज दिउँसो ठूलो पहिरो झरेको हो ।

सडक अवरुद्ध भएपछि सन्धिखर्कदेखी गोरुसिंगेको सम्बन्ध विच्छेद भएको छ । यद्यपी पहिरो सोहोर्ने काम भैरहेको र साँझ अवेरसम्म बाटो खुल्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?