स्वतन्त्र उम्मेदवारले जिते पनि काम गर्न सक्दैनन् : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

लोकपथ
65
Shares

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले स्वतन्त्र उम्मेदवारले जित हासिल गरे पनि काम गर्न नसक्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘अबको दृष्टि, स्वाभिमान सहितको समृद्धि’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले बहुदलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवारले जितेर संसदमा केही काम गर्न नसक्ने बताएका हुन् । उनले स्वतन्त्र उम्मेदवारले संसदमा बोलेर अलिकति चेतना जगाउन सकेपनि आमरुपमा कुनै परिवर्तन ल्याउन नसक्ने बताए ।

उनले आफु राष्ट्रिय सभा अध्यक्ष भएर पनि नियम, कानूनको सिमाका कारण आम रुपमा परिवर्तन ल्याउन नसकेको भन्दै स्वतन्त्र सांसदले झनै नसक्ने बताए । कार्यकारी अधिकार नभएको ठाउँमा गर्ने कामहरु कम हुने उनको भनाई छ । अध्यक्ष तिमिल्सिनाले पार्टीको विकल्प स्वतन्त्र उम्मेदवार नभएको भन्दै सबैलाई पार्टीमा आवद्ध हुन आग्रह गरे । उनले पार्टीलाई नै सही मार्गमा हिडाउन भुमिका खेल्न आग्रह गरेका छन् ।

अघिल्लो पुस्ताका नेताहरुमा त्याग गर्ने क्षमता भएपनि निर्माण गर्ने कुरामा कमजोरी रहेको उनको भनाई छ । अब देशमा विद्रोहको आवश्यकता नरहेको भन्दै उनले बिद्रोह गर्नेलाई होइन सिर्जना गर्नेलाई भोट दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?