साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्तबीच मर्जर सम्झौंता

लोकपथ
39
Shares

काठमाडौं । नेपालका प्रतिष्ठित एवम् प्रमुख दुई थोक कर्जा प्रदायक लघुवित्त संस्थाहरु साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिएर साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट सञ्चालन हुने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

मर्जरपछि हुने अन्तरिम सञ्चालक समितिमा खेम बहादुर पाठक अध्यक्ष, डा। शिवराम प्रसाद कोईराला प्रमुख कार्यकारी अधिकृत र ज्योति चन्द्र ओझा प्रमुख कार्यकारी अधिकृतपछिको कार्यकारी पदमा रहने सहमति भएको छ । साथै, दुवै संस्थाका संस्थापक समूहबाट समान दुई जना, सर्वसाधारण समूहबाट समान एक जना र एक जना स्वतन्त्र सञ्चालक रहने व्यवस्था मिलाईएको छ ।

आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १०० सेयरलाई मर्जरपछि ८७ सेयर (१०० : ८७) कायम हुने गरी सेयर आदान प्रदान अनुपात ९स्वाप रेशियो० कायम गर्ने समेत सहमति भएको छ । मर्जरपछि लघुवित्त वित्तीय संस्थाको पुँजी कोष सात अर्बभन्दा बढि हुनेछ भने लगानीमा रहेको कर्जा करिब नेपाल राष्ट्र बैंकले अख्तियार गरेको मर्जर सम्बन्धी नीतिको सम्मान गर्दै नेपालको कृषि तथा लघुवित्तको क्षेत्रमा लगानी गर्ने वैकल्पिक एवम् सबल विशिष्टिकृत वित्तीय संस्थाको खाँचो पुरा गर्न र समाजका विपन्न तथा सिमान्तकृत वर्गमा सहज एवम् सरल वित्तीय पहुँच अभिवृद्धिका लागि सरकारको एक सशक्त एवम् जिम्मेवार वित्तीय साझेदारको रुपमा स्थापित हुन यो मर्जर गरिएको हो ।

अर्थमन्त्रालयका वित्त सल्लाहकार डाक्टर शालिकराम पोख्रेलको प्रमुख आतिथ्यमा ईन्द्रेणी होटेल नयाँ बानेश्वरमा हिजो ९शुक्रवार० भएको समझदारी पत्र हस्ताक्षर कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम बहादुर पाठक र मर्जर उपसमितिका संयोजक उमेश लम्साल तथा आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष सुजाता जोशी र संयुक्त मर्जर समितिका संयोजक भिम प्रसाद तिम्सिनाले समझदारी पत्रमा हस्ताक्षर गरी आदान प्रदान गरेका थिए ।

कार्यक्रममा दुवै वित्तीय संस्थाका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृतहरु, उच्चपदस्थ अधिकारीहरु, मर्जर समितिका पदाधिकारीहरु, पत्रकार तथा अन्य पाहुनाहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?