मनाङको नार्पाभूमिमा सेनाको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

लोकपथ
49
Shares

लमजुङ । सडक सञ्जालले नछोएको मनाङको विकट गाउँ नार्पाभूमि गाउँपालिकामा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

मनाङमा रहेको नेपाली सेनाको इन्द्रदल गुल्मका गुल्मपति दिनेश मल्लको नेतृत्वमा सेनाको ४३ जनाको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको हो ।

शिविरमा नारगाउँमा ५१ जनाको आयुर्वेद, ९४ जनाको आँखा, १२ जनाको दाँत, १ सय ६ जनाले ल्याब सेवा लिएका छन् ।

यस्तै, च्याखुमा ४२ जना आयुर्वेद, २० जना आँखा, १४ जना दाँतका बिरामीको उपचार गर्नुका साथै २५ जनाको ल्याब परीक्षण गरिएको छ ।

फुगाउँमा १५ जनाको आयुर्वेद, २८ जनाको आँखा, १५ जनाको दाँत र २१ जनाको ल्याब गरी जम्मा २ सय ६४ जनाको स्वास्थ्य परीक्षण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?