अछाम पहिरोमा परेकालाई राहत तथा उद्धारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण

लोकपथ
91
Shares

काठमाडौं । नेकपा (एमाले)का नेता एवम् पूर्वउपप्रधानमन्त्री डाक्टर भिमबहादुर रावलले गृहजिल्ला अछामको विभिन्न स्थानमा पहिरोको चपेटामा परेकाहरुलाई तत्काल राहत तथा उद्धारको आवश्यक व्यवस्था मिलाउन सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

शनिबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले अछामको कमल बजार, तुर्माखाँद र ढकारी गाउँपालिकामा गएराति आएको पहिरोमा पुरिएर १६ जना भन्दा बढिको ज्यान गएको र ठूलै धनमालको क्षति भएको उल्लेख गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य उपचारको व्यवस्था गर्न र पीडितलाई राहतको लागि आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका हुन् । रावलले बाटो पहिरोले अवरुद्ध भएकाले नेपाली सेनाको हेलिकप्टर परिचालन गरि घाइतेहरुको उपचारका लागि चिकित्सकहरुको टोली परिचालन गर्न सरकारलाई सचेत गराए ।

उनले विपद्को यस समयमा अछाम जिल्लाका पहिरो पीडितलाई राहत र उद्धारको काममा कमी हुन नदिन पनि सरकार गम्भिर हुने विश्वास व्यक्त गरेका छन् । पहिरोको कारण बाटो अवरुद्ध हुँदा उद्धारका लागि गएका सुरक्षाकर्मीहरुसमेत घटनास्थल पुग्न नसकेको उल्लेख गर्दै तत्काल सेनाको हेलिकप्टर परिचालन गर्न पनि सरकारसँग नेता रावलले अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?