अछाम पहिरो अपडेट : मृतक संख्या १२ पुग्यो, ११ जना अझै बेपत्ता

लोकपथ
147
Shares

काठमाडाैं । अछाममा पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्ला प्रशासन कार्यालय अछामले एक सूचना जारी गर्दै १२ जनाको शव फेला परेको जानकारी दिएको छ ।

ज्यान जानेमा अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ का २ जना, ढकारी गाउँपालिका वडा नम्बर ६ का १ जना, कमलबजार नगरपालिका वडा नम्बर ८ का ५ जना र वडा नम्बर ६ का ४ जना रहेको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार भदौ ३१ गते परेको अविरल वर्षाका कारण धनजनको क्षति भएको छ ।

पहिरोमा परि ११ जना बेपत्ता छन् भने, ११ जना घाइतेको उद्दार गरिएको छ । काडाचौरमा शनिबार बिहान ४ बजे पहिरोले २ घर पुर्दा एकै परिवारका ९ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी र घाइतेको उद्दार भइरहेकोे अछाम प्रहरीले जनाएको छ । त्यस्तै, पहिरोभित्र केही शव देखिएको स्थानीयले बताएका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी नारायण डाँगीले जानकारी दिए ।

४ दिनदेखि निरन्तर आएको बर्षाले बाटो अबरुद्ध भएका कारण प्रहरी घटना स्थल पुग्न नसकेको डिएसपी डागिले बताए । यस्तै, जिल्लाको ढकारी गाउँपालिका वार्ड न.६ सिमानेमा स्थानीय हर्क ब बुढाको घर पहिरोले भत्किदा १ जनाको मृत्यु २ जना घाइते छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?