अछाममा पहिरो : ९ जनाको मृत्यु, २० जना घाइते

लोकपथ
98
Shares

काठमाडाैं । अछाममा पहिरो जाँदा नौ जनाको मृत्यु भएको छ । अछामको कमल बजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा पहिरो जाँदा नौ जनाको मृत्यु भएको हो ।

पहिरोमा परी अन्य २० जना घाइते भएका जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । अहिले पनि वर्षा  भइरहेकाले उद्धारमा कठिन भइरहेको प्रहरीले जनाएकाे छ ।

गृहमन्त्री बालकृष्ण खाणले अछामका पहिरो प्रभावितलाई हेलिकोप्टरबाट उद्धार गर्न निर्देशन दिएका छन् । गृहसचिव टेकनारायण पाण्डे,  सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई घाइते तथा प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?