ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत दसैँको किनमेल गर्दा आईफोन १३ जित्ने मौका

लोकपथ
0
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशन ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत भुक्तानी गरि दसैँको किनमेल गर्दा दुईजना भाग्यशाली प्रयोगकर्तालाई आईफोन १३ प्रदान गर्ने भएको छ ।

असोज १ गतेदेखि महिनाभर चल्ने अभियानअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत कारोबार गरी सामान खरिद गर्दा अभियानको अन्त्यमा गोलाप्रथामार्फत दुईजना भाग्यशाली ग्राहकलाई आइफोन १३ प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकको यो योजनामा सहभागी हुनको लागि असोज महिनाभर पाँच सय रुपैयाँ वा सोभन्दा बढिको क्यूआरमार्फत कम्तीमा ६ वटा भुक्तानी भएको हुनुपर्ने बताइएको छ ।

बैंकले यो योजना स्विफ्ट टेक्नोलोजिज प्रालि तथा स्मार्ट च्वाइस टेक्नोलोजिज् प्रालिसँगको सहकार्यमा ल्याएको हो । आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?