२१ आश्विन २०७९, शुक्रवार

५८१ वटा कित्ताका संरचनाले मासे टुकुचा, यस्तो छ कित्ता र मालिकको नामावली

२०७९,भाद्र,३१,शुक्रवार २०:२९

2.727k
Shares

काठमाडौं । चण्डोलदेखि थापाथलीसम्म टुकुचा खोला अतिक्रमण भएका ५८१ कित्ता जग्गा तथा त्यहाँका घरमा डोजर चल्ने भएको छ । टुकुचा मिचेर संरचना बनाइएको ५८१ वटा कित्ताका जग्गा र त्यहाँ बनेका घरमा डोजर चलाइने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

शहरी विकास मन्त्रालयको वाग्मती सभ्यताको लागि बनेको एकीकृत विकास उच्चस्तरीय समितिले तयार पारेको ८० पृष्ठ लामो प्रतिवेदनकै आधारमा काठमाडौं महानगरपालिकाले टुकुचा खोला करिडोर बनाउने अभियान सुरु गरेको छ ।

यसको लागि महानगरले पहिलो पाइला चालिसेको छ । जसअन्तर्गत बिहीवार जय नेपाल हलमा उत्खनन् भइसकेको छ ।

महानगरले यही अनुसार डोजर चलाउने हो भने हात्तीसारक्षेत्रमा रहेका केही ठूला भवन पूर्णरुपमा भत्कने निश्चित छ । प्रतिवेदनअनुसार टुकुचा खोलाको दायाँबायाँ रहेका ५८१ कित्ता जग्गा तथा त्यहाँ बनेका घर टहरा लगायतका संरचनाले शहरी विकासको मापदण्ड पूरा गरेका छैनन् ।

महानगरले दसैँअगाडि नै हात्तीसारक्षेत्रमा टुकुचाको कुल चौडाइ १२ मिटर बनाउने लक्ष्य लिएको छ ।

जय नेपाल हलसँगै रहेको एअर अरेबिया तथा गल्फ एअरको कार्यालय रहेको भवन, एसबी डेभलपर्सले बनाएको लक्ष्मी बैंक रहेको स्थानको भवन टुकुचा खोलामिच्ने ठूला संरचना हुन् ।

 

टुकुचा मिच्ने ५८१ वटा कित्ताको विवरण यस्तो छ :

 

 

प्रकाशित मिति: २०७९,भाद्र,३१,शुक्रवार २०:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आज आश्विन शुक्ल पक्षको द्वादशी, बडादसैँको टीका लगाउने क्रम आज पनि जारी छ । नवरात्रभर नवदुर्गा भवानीको पूजा

बारा । वीरगन्जका लागि हिँडेको बस जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १६ जनाको मृत्यु

बारा । बारामा बिहीवार बिहान भएको बस दुर्घटनामा परी भएकामध्ये ११ जनाको शव सनाखत भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका

बारा । बारामा बिहीवार बिहान भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२

ताजा समाचार

दक्षिण अफ्रिकाले भारतलाई हरायो
 २०७९,आश्विन,२१,शुक्रवार ०७:५९
बडादसैँको टीका आज पनि लगाइदै
 २०७९,आश्विन,२१,शुक्रवार ०७:४८
थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,आश्विन,२१,शुक्रवार ०७:३४