प्रभु बैंकको अफर ‘रेमिटेन्स पठाउँ, उच्च ब्याज कमाउँ’

लोकपथ
169
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेडले आउँदै गरेको बडादसैँ, दीपावली तथा छठ पर्वलाई लक्षित गरी विदेशमा दुःख गरी आर्जन गरेको पैसा स्वदेशमा पठाउँदा उच्च ब्याज दिनेभएको छ । बैंकले चाडपर्वलाई लक्षित गर्दै ‘रेमिटेन्स पठाउँ, उच्च ब्याज कमाउँ’ योजना ल्याएको हो ।

विदेशमा कमाएको रकम विप्रेषण गरी बैंक खातामा निक्षेपको रुपमा जम्मा गर्दा प्रभु उन्नती मुद्धती खातामा बार्षिक १५ दशमलव १३ प्रतिशत र प्रभु उन्नती बचत खातामा बार्षिक १० दशमलव १३ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।

उक्त ब्याजदरले विदेशमा आर्जन गरेको पैसाले उचित प्रतिफल पाउने र विप्रेषणको माध्यमबाट औपचारिक रुपमै नेपालमा भित्रिन पे्ररणा प्रदान गरी देशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । यो योजना भोलि असोज ०१ शनिवारदेखि लागु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?