पेप्सीद्वारा मोर फिज नयाँ पेप्सी बजारमा

लोकपथ
91
Shares

काठमाडौं । स्वागलाई उचाईमा पुर्‍याउँदै पेप्सीले उपभोक्ताहरूको तिर्खा मेटाउने बाचासहित मोर फिज युक्त नयाँ पेप्सी बजारमा ल्याएको छ । नयाँ परिमार्जित पेप्सीमा बढी फिँज आउँने र जसले यसभन्दा पहिले नपाइएको स्पूmर्तिदायी स्वाद प्रदान गर्ने बताइएको छ । यसको स्फूर्तिदायी नयाँ फर्मुलेसनको कारण उपभोक्ताहरू माझ अपरिहार्य बन्न जानेमा कम्पनी विश्वस्त रहेको जनाएको छ ।

नयाँ मोर फिज पेप्सीको अनावरण काठमाडौंमा आज एक कार्यक्रमका बीच पेप्सी सद्भावना दूत एवम् चर्चित नायक प्रदीप खड्काको उपस्थितिमा गरिएको थियो । नेपालमा आउँदा दिनहरूमा गरिने मोर फिज, मोर स्वाग अभियानले पनि सम्पूर्ण नयाँ पेप्सीको लागि स्फूर्तिदायी अनुपातलाई बढी जोड दिने जनाइएको छ ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै पेप्सी नेपालका एसोसिएट डाइरेक्टर अनुज गोयलले पेप्सी सधैँ नै स्वाग पुस्ताको रोजाइमा पर्दै आएको बताए । उनले अब पेप्सीको नयाँ ब्रान्डले नेपालका उपभोक्ताहरूको लागि यसभन्दा अघि कहिल्यै नभएको फिंज युक्त स्वाद प्रदान गरिरहने बताएका छन् । ‘बजार अध्ययनले देखाए अनुसार उपभोक्ताहरूले चिसो पेप्सी पिएसँगै ताजापनको एक अर्को झट्काको चाह राख्ने गरेको पाइएको छ र यो नयाँ परिमार्जन स्वादले त्यसलाई परिपूर्ति गरिदिनेछ । हामीले प्राप्त गरेको उत्कृष्ट प्रतिक्रियालाई यो सकारात्मक भावनाद्वारा उत्प्रेरित गर्दै हामीले नयाँ पेप्सीलाई मोर फिजका साथ अनावरण गरेका छौँ र हामीलाई विश्वास छ हाम्रा उपभोक्ताहरूले पहिलेभन्दा ज्यादा मज्जा लिने छन्’ गोयलले भने ।

यस्तै, नयाँ पेप्सीको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै पेप्सीका ब्राण्ड एम्बेसेडर प्रदीप खड्काले नयाँ पेप्सीलाई मोर फिजका साथ नेपालभरका दर्शकहरूमाझ उपलब्ध गराउँन पाउनुले वास्तवमै आनन्दित तुल्याएको बताएका छन् । उनले पेप्सीको नयाँ स्वरूपमा पेप्सीले आफ्ना उपभोक्ताहरू समक्ष अझ बढी फिजका साथ पेप्सीलाई प्रस्तुत गरेको छ र उपभोक्ताहरूलाई एक चुस्की लिन तथा उनीहरूको स्वागलाई पनि माथि उठाएर देखाउन आग्रह गरिरहेको बताएका हुन् । आफू पेप्सीसँगको सुरुवातको एक हिस्सा बन्न पाएकोमा उत्साहित भएको बताएका नायक खड्काले सबैलाई नयाँ पेप्सी टेस्ट गर्न र उनीहरूको स्वाग प्रदर्शन गर्न आग्रह गर्दछु समेत गरेका छन् ।

कार्यक्रममा भिबिएल इन्टरनेशनल अपरेसन्सका सिईओ गिरीश शिवरमणले मन्तव्यको क्रममा पेप्सी देशको चर्चित ब्रान्डहरू मध्येको एक ब्रान्ड भएको र हामीले हाम्रो उत्पादनको यात्रामा एक अर्को माइलस्टोन कायम गर्न सफल भएको बताएका छन् । उनले मोर फिज पेप्सीको सुरुवातसङ्गै उपभोक्ताहरूलाई बढी फिँजदार एवम् स्फूर्तिदायक उत्पादन प्रदान गर्ने एक अर्को प्रयास सार्थक भएको महसुस आफूले गरेको बताएका हुन् । आफू विश्वस्त रहेको बताएका शिवरमणले नेपाली उपभोक्ताहरूले नयाँ उत्पादनको मज्जा लिने साथै विभिन्न टचपोइन्टहरु मार्फत् धेरै स्वाग प्रस्तुत गरिरहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

नयाँ मोर फिज पेप्सी सिंगल र मल्टि पेट सर्भ प्याकहरु नेपालभरका डिपार्टमेन्ट स्टोरहरु तथा किराना पसलहरुमा उपलब्ध गराईएको र इ–कमर्स साइटहरुमा पनि पाइने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?