आइतबारदेखि उपत्यकाका वाणिज्य बैंकले दसैंको लागि नयाँ नोट सटही गर्ने

लोकपथ
133
Shares

काठमाडौं । असोज २ गते आइतबारबाट काठमाडौं उपत्यका भित्रका इजाजत प्राप्त ‘क’ वर्गका बाणिज्य बैंकहरुले पनि दसैंको लागि नयाँ नोट सटही गरिदिने भएको छन् ।

नयाँ नोट सटही गर्न सहज होस् भनेर यसवर्ष सम्पूर्ण वाणिज्य बैंकहरुलाई नयाँ नोट उपलब्ध गरिसकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सबै ‘क’ वर्गका वाणिज्य बैंकलाई काठमाडौं उपत्यका भित्रका तोकिएका शाखाबाट कार्यालयहरु मार्फत नयाँ नोट सटहीको व्यवस्था मिलाउन समेत भनेको छ ।

राष्ट्र बैंकका अनुसार  ५, १०, २०, ५० र १०० रुपैयाँ दरको प्रति व्यक्तिलाई बढीमा एक/एक प्याकेटका दरले बढीमा साढे १८ हजार रुपैयाँसम्मको सटही सुविधा गराइने छ ।

सर्वसाधरणलाई नयाँ नोट सटहीको लागि काठमाडौं उपत्यका भित्रका कम्तीमा ५ वटा शाखा कार्यालयहरु तोकी आफ्नो वेबसाइटमार्फत सूचना दिन पनि राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?