सुदेश पराजुलीको कमाण्डमा अनेरास्ववियूले गठन गर्यो निर्वाचन परिचालन कमिटी

लोकपथ
427
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले निर्वाचन लक्षित जनपरिचालन कमिटी बनाउने भएको छ ।

शुक्रबार सम्पन्न उपत्यका स्तरीय अनेरास्ववियूको कार्यकर्ता भेलाले कमिटी बनाउनेसहितका निर्णयहरु गरेको हो ।

रत्नराज्य क्याम्पसमा भएको भेलाले आगामी मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीलाई जिताउन सङ्गठनका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीको संयोजकत्वमा एक हजार एक सय ११ सदस्यीय अनेरास्ववियू जनपरिचालन समिति गठन गरेको छ ।

भेलाले ‘एक बुथ सय विद्यार्थी’ स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ । बैठकले सबै विश्वविद्यालयहरूले स्ववियु निर्वाचनको मिति यथाशीघ्र घोषणा गर्न जोडदार माग गरेको छ ।

यस्तै सरकारी शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरूको उपचारको लागि सरकारी अस्पतालको ओपिडी सेवा निशुल्क र अन्य स्वास्थ्य सेवामा ५० प्रतिशत सहुलियत गर्नका लागि थप दबाब दिन सङ्गठनले अभियान नै चलाउने समेत निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?