बयानमा हस्ताक्षर गर्न जबराको आलटाल : अझै १०९ पेज बाँकी

लोकपथ
49
Shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले ६५ पेजमा हस्ताक्षर गरेका छन् ।

महाअभियोग सिफारिस समितिमा शुक्रबार उनले ६५ पेजमा मात्रै हस्ताक्षर गरेका हुन् । उनको बयानका भएको सवालजवाफ समेटेर १७४ पृष्ठको बयान तयार पारिएको थियो ।

यसअघिका बैठकहरुमा जबराले हस्ताक्षर गर्न नमानेपछि बयानको पूर्णपाठ अध्ययनका लागि पठाइएको थियो । सो क्रममा पनि जबराले हस्ताक्षर गर्न नमानेपछि आज उनको उपस्थितीमा पढेर हस्ताक्षर गर्न भनिएको थियो ।

तर जबराले हस्ताक्षर गर्न आलटाल गरेपछि समितिका सदस्यहरुले विभिन्न आशंका गरेका छन् । भोलिबाट संसदको कार्यकाल सकिन लागेको अवस्थामा उनले आलटाल गरेर टार्न खोजेको समितिका सदस्य मीन विश्वकर्माको आरोप रहेको छ ।

जबरालाई उक्त बयानमा हस्ताक्षर गराउनका लागि भोलि बिहानको लागि बैठक बोलाइएको छ । अझै जबराले १०९ पेजमा हस्ताक्षर गर्न बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?