नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ को आयोजनामा अन्तराष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी हुने

लोकपथ
0
Shares

काठमाडौं । नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ को आयोजनामा आगामी माघ १९ गतेदेखि विराटनगरमा अन्तराष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी ‘सिएनआई एक्स्पो २०२३’ हुने भएको छ ।

अन्तराष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी ‘सिएनआई एक्स्पो २०२३’ मा प्रदेश नम्बर १ सहित मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवम् औद्योगिक मेशिनरीहरुको प्रदर्शनी एवम् बिक्रिसमेत हुने बताइएको छ ।

यसका साथै प्रदर्शनीमा नयाँ सञ्चार तथा इलेक्ट्रोनिक्स प्रविधिको पहिचानसँगै कृषिमा हँुदै गएको आधुनिकिकरण, स्वास्थ्य मेडिकल क्षेत्रको नयाँ प्रविधि तथा सामाग्रीको पहिचान र प्रदेशमा स्वदेशी बस्तुको उत्पादन साथै व्यवसायिकरण, पर्यटनको सम्भावनासँगै ति स्थानहरुको पहिचान एवम् गन्तब्यको सुनिश्चितताको खोजी हुने छ ।

कृषि उत्पादन, पर्यटन विकास र स्थानीय उत्पादनको बजार व्यवस्थापनका लागि समेत महत्वपुर्ण अवसरको रुपमा यो प्रदर्शनी रहने छ । यसबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय नयाँ लगाानीकर्ताहरु समेत आकर्षित हुने विश्वास रहेको बताइएको छ ।

स्वदेशीसहित भारत, चीन, बंगलादेश, पाकिस्तानलगायतका मुलुकहरुबाट समेत प्रदर्शनीमा सहभागिता गराउने योजना रहेको छ । प्रदर्शनीमा विविध मनोरञ्जन, सांस्कृतिक कार्यक्रम तथा फनपार्क समेत समाबेश गरिनेछ । प्रदर्शनी आगामी माघ १९ गते देखि माघ २८ गतेसम्म विराटनगर महानगरपालिका वडा नम्बर २ स्थित शंकरपुरमार्गमा सञ्चालन गरिने छ ।

यस प्रदर्शनीमा स्वदेशी उत्पादन, बजार व्यवस्थापन, उपभोक्ता माझ नयाँ प्रविधि र बस्तुको पहिचान एवम् प्रवद्र्धनको माध्यमबाट आर्थिक विकासमा महत्वपूर्ण योगदान हुने विश्वास आयोजकले लिएको छ । प्रदर्शनीमा औद्योगिक उत्पादनहरु, कृषिका आधुनिक यन्त्र, उपकरणहरु, अटो मोवाइल्स, उत्पादन र सेवा मुलक उद्योगका सामाग्रीहरु, शैक्षिक, स्वास्थ्य, पर्यटन र रोजगारीका क्षेत्रलाई बिशेष प्राथमिकताका साथ प्रस्तुत गरिने आयोजकको भनाई छ । प्रदर्शनी स्थलमा आधुनिक ४ वटा डोम र ३ सय ५० स्टलहरु रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?