लोसपाले ३ असोजमा विरोध दिवस मनाउने

लोकपथ
21
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ३ असोजमा विरोध दिवस मनाउने भएको छ ।

बबरमहलस्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको एक नेताले बताए । बैठकमा आसन्‍न निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउनेलगायतका विषयमा छलफल भइरहेको छ।

३ असोजका दिन देशले संविधान दिवस मनाउँदै आएको छ । तर, लोसपाले भने सधैं संविधान दिवसको दिन भने विरोध सभा गर्दै आएको छ । ३ असोज २०७२ मा नोपलमा संविधान जारी भएको थियो । संविधान जारी भएको दिन पारेर सरकारले सो दिन सार्वजनिक बिदासमेत दिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?