डेंगू रोगका संक्रमितलाई उपचारको व्यवस्था मिलाउन सरकारसँग सांसद शर्माको माग 

लोकपथ
0
Shares

काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले डेंगू रोगका संक्रमितहरुलाई औषधि उपचारको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

शुक्रवार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद शर्माले डेंगू रोगका संक्रमितहरुको उपचार र महामारीको रुपमा फैलिएको यस रोगको नियन्त्रणमा मेहनत गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । उनले दर्जनौं मानिसहरुको ज्यान लिईसकेको सो रोग नियन्त्रणका लागि सरकारले पहल गर्न ढिलाई गरिरहेको भन्दै आपत्ति समेत जनाएका छन्।

सांसद शर्माले बाढि र पहिरोबाट आहत भएकाहरुलाई तत्काल राहतको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?