कुमारी बैंकद्वारा रिकरिङ्ग निक्षेप योजना सार्वजनिक

लोकपथ
0
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेडले प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँच देखि सय गुणा वृद्धि गर्ने विशेष ‘धनबृद्धि रिकरिङ्ग मुद्दती’ योजना ल्याएको छ ।

ग्राहकहरुले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्युतम दश हजारदेखि दश लाखसम्म प्रारम्भिक बिज रकम जम्मा गरि निम्न अनुसारको धनवृद्धि लक्ष्य प्राप्त गर्न सक्ने छन् ।

यस आवर्ती योजना अन्तर्गत, प्रारम्भिक बिज रकमकोे १० प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहाकको बचत खाताबाट सो मुद्दती खातामा रकम जम्मा हुने प्रावधान रहेको छ ।

यस योजनाबाट न्यून देखि उच्च आय वर्ग सबैलाई सुरक्षित भविष्यको आधार निर्माण हुने कुरामा बैंक विश्वस्त रहेको छ । यो योजना भोलि आश्विन १ देखि लागु हुने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?