प्रतिनिधि सभाको दोस्रो बैठकले गर्यो राष्ट्रिय सभाले संशोधन गरेका तीन विधेयक स्वीकृत

लोकपथ
0
Shares

काठमाडौं । प्रतिनिधि सभा बैठकले राष्ट्रिय सभाले संशोधन गरेका तीनवटा विधेयकलाई स्वीकृत गरेको छ । प्रतिनिधि सभाको शुक्रवार बसेको दोस्रो बैठकले राष्ट्रिय सभाबाट संशोधन भएर आएका तीनवटा विधेयकलाई बहुमतले स्वीकृत गरेको हो ।

बैठकमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन बहुमतले स्वीकृत भएको छ ।

त्यसैगरी, बीमा विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन बहुमतले स्वीकृत भएको हो ।

प्रतिनिधि सभाको आगामी बैठक असोज १ गते शनिवार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?