काठमाडौं । सरकारले असोज १ गते (भोलि) राति १२ बजेबाट संसदको अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ ।
भोलि राति १२ बजेबाट संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।
निर्वाचन आयोगले भोलि राति १२ बजेपछि २०७४ को निर्वाचनका उम्मेदवारहरुको बन्दसूची कायम नरहने जानकारी गराएको छ । त्यससँगै सरकारले सो निर्णय गरेको हो ।
यससँगै प्रतिनिधि सभाको अन्तिम बैठक शनिबार बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया