सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रको जिम्मेवारी डा. अर्याललाई

लोकपथ
21
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निमित्त प्रमुखमा डा. निरज अर्याल नियुक्त भएका छन्।

शुक्रबार सामाजिक विकास मन्त्रालयले डा. अर्याललाई स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निमित्त प्रमुखको जिम्मेवारी दिएको हो ।

यसअघि उनी सेती प्रादेशिक अस्पतालका कन्सल्टेन्ट रेडियोलोजिष्टका रुपमा कार्यरत रहेका थिए ।

नियुक्त पाएसँगै डा. अर्यालले शुक्रबार नै हाजिरी गरिसकेको बताएका छन्।

‘मन्त्रालयले जिम्मेवारी दिएपछि मैले आजदेखि कामकाज सुरु गरेको छु,’ डा. अर्यालले भने ।

स्वास्थ्य सामग्रीको आपूर्ति गर्ने यो कार्यालयमा सामाजिक विकास मन्त्रालयले यसअघि डा. अर्याललाई वि।सं। २०७७ असोजमा पनि निमित्त प्रमुखको जिम्मेवारी दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?