कोरोना अपडेट : १ सय १० जनामा संक्रमण पुष्टि हुँदा एक जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ८ सय २७ जनामा गरिएको कुल परीक्षणमध्ये आरटी पिसिआर विधिबाट ६० र एन्टीजेन विधिबाट ५० जना गरि १ सय १० जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा नेपालमा कोरोनाबाट एक जनाको ज्यान गएको छ । त्यस्तै, तथ्यांकमा पछिल्लो २४ घण्टामा कोभिड विरुद्धको खोप लगाउनेको संख्या प्राप्त नभएको उल्लेख गरिएको छ ।

सो समयमा १ सय २६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने यो सँगै देशभरमा कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार ६२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?