आगामी निर्वाचनमा महिलाहरुको सहभागिता बढाउन सांसद पन्तको आग्रह

लोकपथ
0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद कमला पन्तले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको उम्मेद्वारी बढाउन सबै राजनीतिक पार्टीहरुलाई आग्रह गरेकी छन् ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा विशेष समयमा बोल्दै सांसद पन्तले जनतामा सुशासनको प्रत्याभूति दिलाउन पनि महिलाहरुको प्रत्यक्षतर्फको निर्वाचनमा सहभागिता बढाउन आवश्यक रहेको जिकीरसमेत गरिन् । उनले संविधानले व्यवस्था गरेको महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गराउन पनि राजनीतिक पार्टीका नेतृत्वहरु तयार नभएको भन्दै असन्तुष्टि समेत व्यक्त गरेकी छन् ।

सांसद पन्तले महिलाहरु भूगोलमा गएर निर्वाचन लड्न सक्षम रहेको उल्लेख गर्दै त्यो कुरालाई आत्मसात गरेर निर्वाचनका लागि उम्मेद्वार छनौट गर्न पनि सबै राजनीतिक पार्टीका नेतृत्वको ध्यानाकर्षण गराइन् । उनले संविधान अनुसार आगामी निर्वाचनमा महिलाहरुको सहभागिता बढाउने काममा नेतृत्वदायी भूमिका निर्वाह गरिदिन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि आग्रह गरेकी हुन् ।

सांसद पन्तले दशैं–तिहारजस्ता चाडबार्ड आएको उल्लेख गर्दै सर्वसाधारणका लागि सुलभ र सस्तो बजारको व्यवस्था गर्न पनि सरकारसँग माग गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?