डिशहोममा रिचार्ज गर्दा भट्टराईले जिते एक लाख नगद

लोकपथ
182
Shares

काठमाडौं । एक वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत एक बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै, यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत एक लाख नगद जित्ने अवसर पाउनेछन् ।

यसै क्रममा भिमसेनथापा गाउँपालिका ५ का भिम बहादुर भट्टराईले एक लाख जितेका छन् । भैरबी इन्टरप्रईजेजको डिलर अन्तर्गत रहेको आरुघाट धादिंगका सह-बितरक श्रेष्ठ इलेक्ट्रोनिक्सका डिलर दाई धर्मेन्द श्रेष्ठको मा एक वर्ष रिचार्ज गरेर भट्टराईले ‘लक्कि ड्र’मा सहभागी हुने अवसर पाएका थिए ।

डिशहोमका तर्फबाट सिनियरसेल्स अफिसर मदन सापकोटा , सर्भिस सेन्टर कोडिनेटर सुमन खनाल, सर्भिस सेन्टर सुपरभाइजर लक्ष्मी लामा, सिनियर प्राबिधिक सुपरभाइजर उपेन्द्र ओली, प्राबिधिक सुपरभाइजर सागर खड्काबाट जितेको पुरस्कार रकम हस्तान्तरण गरेका छन् ।

विजेता भट्टराईलाई हार्दिक बधाई दिँदै सम्पूर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।

‘लक्कि ड्र’ को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल र डिशहोम सोकेसमा हेर्नसकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?