डा. गोविन्द केसीको अवस्था गम्भीर : अस्पताल भन्छ- ‘ज्यान जोखिममा पर्न सक्छ’

लोकपथ
84
Shares

काठमाडौं । ५ दिनदेखि अनसनरत डा. गोविन्दको स्वास्थ्यवस्था जटिल बनेको छ ।

विभिन्न मागसहित धनगढीमा अनसनरत केसी अस्वस्थ्य भएसँगै बिहीबारबाट सेती प्रादेशीक अस्पताल धनगढीमा उपचाररत रहेका छन् ।

आज अस्पतालले एक विज्ञप्ति जारी गर्दै टाउको दुख्ने, रिंगाटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, शरिरको मांशपेशी दुख्ने, मुटुको धड्कन बढ्नेदेखि पाँचौ दिनमा २ केजी तौल घटेको जानकारी गराएको छ ।

त्यसैगरी पोषण तत्व र पानीको मात्रा कम भइ जटिलता बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ । साथै उनको अवस्थाका कारण थप जटिलताहरु थपिन सक्ने समेत बताइएको छ ।

‘शरिरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोश हुन सक्ने, कम्पन हुन सक्ने (सिजर), रोगसँग लड्न सक्ने, क्षमता कम भई विभिन्न संक्रमण हुनसक्ने, मुटुको धड्कन, स्वासप्रश्वास र रक्तचाप गडबढ भई अंग र प्रणाली खराबी हुनसक्ने वा ज्यान जोखिममा पर्न सक्ने’ अस्पतालले भनेको छ ।

हाल अस्पतालमा चिकित्सकहरुको उच्च निगरानीमा राखी उपचार भइरहेको छ ।

विभिन्न मागहरुसहित डा. केसीले यसअघि पनि २० पटक अनसन बसिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?