भिभोद्वारा नेपालमा दुई स्मार्टफोन ‘वाई ३५ र वाई २२’ सार्वजनिक

लोकपथ
156
Shares

काठमाडौं । आज भिभोले वाई सिरिजका दुई नयाँ स्मार्टफोनहरू (वाई ३५ र वाई २२) सार्वजनिक गरेको छ । वाई सिरिजका स्मार्टफोनहरु प्रयोगकतालाई सुलभ मूल्यमा फ्ल्यागशिप अनुभव प्रदान गर्नका लागि परिचित छन् ।

आज शुक्रवार सार्वजनिक भएका यी दुवै स्मार्टफोनले पनि फ्ल्यागशिप अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार स्टाइलिस तथा आकर्षक भिभोको नयाँ स्मार्टफोन ‘वाई ३५ र वाई २२’ पनि युवाहरूको रोजाइमा पर्ने उत्कृष्ट स्मार्टफोन हुने विश्वास लिएको छ ।

नयाँ स्मार्टफोन सार्वजनिक गर्दै भिभो नेपालका सीईओ माइकलले भने, “हाम्रो वाई सिरिजका साथ भिभोले नेपाली युवाहरूको आवश्यकतालाई निरन्तर पूरा गर्दै आइरहेको छ । यसको उत्कृष्ट विशेषताहरु र उचित मूल्य निर्धारणको कारण प्रयोगकर्ताहरुले वाई श्रृंखलालाई मन पराएका छन् । हामीले भिभो वाई ३५ र वाई २२ नेपालमा उपलब्ध गराएका छौँ जसमा उत्कृष्ट र आकर्षक प्रविधिहरू समावेश छन् । हालै सार्वजनिक भएका यी स्मार्टफोनहरू ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखेर बनाइएका छन् र यसले विशाल ब्याट्री, स्टाइलिस डिजाइन, अद्भूत क्यामेरा र थप विशेषताहरुका साथ असाधारण अनुभव प्रदान गर्दछ ।”

स्टाइल र प्रविधिको उत्कृष्ट संयोजनको रूपमा भिभो वाई ३५ ले उद्योगमा आकर्षक विशेषताहरु प्रदान गर्दछ । यसले प्रयोगकर्ताहरूलाई थप सहज र निर्वाध अनुभवको लागि विस्तारित र्याम ३.० अर्थात ८ जीवी र्याममा थप ८ जीवी सम्म एक्सटेन्ड गर्न मिल्ने सुविधा दिन्छ र एउटा एपबाट अर्कोमा बिना कुनै झन्झट सहजै स्विच गर्न सकिन्छ । यसमा ५ हजार एमएएच ब्याट्री रहेको छ जसलाई ४४ वाट फ्ल्यासचार्जले समर्थन गर्दछ । यो स्मार्टफोनले शक्तिशाली कार्यसम्पादन सुनिश्चित गर्दछ । यसको ५० एमपी ट्रिपल रियर क्यामेराले उत्कृष्ट क्यामेरा क्षमताहरू प्रदान गर्दछ र उच्च गुणस्तरिय तस्विरहरू खिच्छ र व्यावसायिक क्यामेरा जस्तै ठूलो सेन्सरको प्रयोगले आवश्यक प्रकाश प्रदान गर्दछ ।

यसमा सुपर नाइट क्यामेरा विशेषताहरु छन् जसले प्रयोगकर्ताहरूलाई कुनै समस्या बिना नै रातको सुन्दर दृश्यहरू खिच्न मद्दत गर्दछ र बोकेह फ्लेयर पोट्र्रेटले मल्टि–फ्रेम डिनोइजिङ र एआई ब्राइटनिङ टेक्नोलोजीको साथ स्पष्ट र आश्चर्यजनक पोट्र्रेटहरू खिच्न मद्दत गर्दछ ।

भिभो वाई २२ ले प्रयोगकर्ताहरूलाई आकर्षक विशेषताहरुको साथ अर्को उत्कृष्ट विकल्प प्रदान गर्दछ । वाई २२ मा मिडियाटेक हेलियो जी ८५ प्रोसेसर रहेको छ जसले शक्तिशाली र स्मुद कार्यसम्पादन प्रतिज्ञा गर्दछ । यो स्मार्टफोन १८ वाट फास्ट चार्जको साथमा शक्तिशाली ५ हजार एमएएच ब्याट्रीद्वारा सञ्चालित छ । वाई२२ मा ५० एमपी रियर क्यामेरा छ जसबाट स्पष्ट, आश्चर्यजनक र ब्राइट तस्बिरहरू लिन सकिन्छ ।

वाई २२ मा सुपर नाइट क्यामेरासँगै भिडियो फेस ब्यूटी र मल्टी स्टाइल पोट्र्रेट लगायत विभिन्न क्यामेरा विशेषताहरू पनि उपलब्ध छन् । भिडियो फेस ब्यूटी फिचरले सेल्फी वा भिडियोलाई अझ आकर्षक बनाउँछ । त्यस्तै, मल्टि स्टाइल पोट्र्रेटले धेरै पोट्र्रेट स्टाइलहरु समावेश गर्दछ ।

दुवै वाई ३५ र वाई २२, वाई सिरिजका नयाँ स्मार्टफोनहरू हुन् जुन मिनिमलिस्ट स्टाइलका छन् र एजी सर्फेशका कारण होल्ड गर्न सहज छन् । २.५डी कर्भेचरको साथमा फ्ल्याट फ्रेम डिजाइनले गर्दा स्मार्टफोनमा सुन्दरता थप्छ । यसका साथै, दुवै उपकरणहरूमा फेस वेक सुविधाको साथ साइड फिंगरप्रिन्ट स्क्यानर छ ।

वाई ३५ (८जीवी प्लस १२८जीवी) दुई ट्रेन्डी कलर भेरियन्ट एगेट ब्ल्याक र डन गोल्ड कलरमा ३० हजार ९ सय ९९ मा उपलब्ध छ । त्यस्तै, ४जीवी र्याम र ६४ जीवी रोम भएको वाई २२ स्टारलिट ब्लू र मेटाभर्स ग्रिन कलरमा २२ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?