नवौँ राष्ट्रिय खेलकुद प्रतियोगीता : खोटाङलाई चार स्वर्ण

लोकपथ
143
Shares

खोटाङ। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तरगत प्रदेशस्तरीय प्रतिष्पर्धामा खोटाङले चार स्वर्ण जितेको छ । प्रदेश १ का विभिन्न स्थानमा सञ्चालन भइरहेको प्रदेशस्तरीय प्रतियोगीतामा पौडीमा क्रिस राईले दुई स्वर्ण जितेका छन् ।

उनले फ्रिस्टाइलमा एक र ब्रेष्टओमा एक स्वर्ण जितेको जिल्ला खेलकुद बिकास समितिका प्रमुख लिलाभक्त केसीले बताए । यस्तै, भारोत्तलनमा ज्योती थापाले एक स्वर्ण तथा सितोरियो करातेतर्फ महिला समुह काँतामा समिता राई, विद्याकला राई र रोश्मा राईले एक स्वर्ण पदक जितेकी छन् ।

यस्तै, १५०० मिटर दौडमा दिर्पा बस्नेतले एक रजत, ४०० मिटर दौडमा इन्दिरा श्रेष्ठले एक रजत र सटफुटमा गणेश बस्नेतले एक रजत जितेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

प्रदेश स्तरिय प्रतियोगीताका लागि खोटाङबाट सितोरियो कराते, फुटबल, भलिबल, एथ्लेटिक्स, व्याडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, टेवलटेनिस, शारीरिक सुगठन, पौडी, भारोत्तलन र सफ्ट टेनिसका १५८ खेलाडी छनौट भएका थिए ।

प्रदेशमा स्वर्ण पदक विजेताले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगीतामा प्रतिष्पर्धा गर्न पाउने छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगीता पोखरामा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने तालिका प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?