प्राज्ञिकद्वारा दुर्गम हिमाली जिल्लाका ६० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

लोकपथ
14
Shares

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा पनि प्राज्ञिक विद्यार्थी परिषद् नेपालले शैक्षिक सामग्री वितरण गरेको छ ।

जिल्लाको जोमसोमस्थित जनहित माविमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालले शैक्षिक सामग्री वितरण गरेको हो ।

बिहीबार एक विशेष कार्यक्रमकाबीच उक्त विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको परिषद्का राष्ट्रिय सह संगठन सचिव रमेश कण्डेलले जानकारी दिए।

वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयन्द्र थकाली, विद्यार्थी परिषद्का राष्ट्रिय सह संगठन सचिव रमेश कण्डेल, विद्यालयका प्राचार्य रामचन्द्र अधिकारी विद्यार्थी परिषद् मुस्ताङ जिल्ला अध्यक्ष लक्ष्मण ढकाल, जोमसोम नगर संयोजक रोशनी ल्वागुण एवं विद्यालयका शिक्षकहरू तथा विद्यार्थीहरूको उपस्थिती रहेको थियो ।

परिषद्ले विद्यार्थीहरूलाई झोला, कपि, टोपी, रेपिडिक्स बुक्स, जोमेट्रिक्स बक्स र विद्यालयलाई नेपाली बृहत् शब्दकोष र अङ्ग्रेजी शब्दकोष साथै केही किताबहरु समेत वितरण गरेको छ ।

परिषद्ले एक महिनादेखि ११ वटा हिमाली जिल्लाहरूका १८१० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने उदेश्यका साथ निरन्तर वितरण गरिरहेको र अहिले सम्म ७ वटा जिल्लाका १० वटा भन्दा बढी विद्यालयका १२ सय भन्दाबढी विद्यार्थीहरूलाई उक्त शैक्षिक सामाग्री वितरण गरिसकेको परिषद् परिषद् जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?