काठमाडौं । डेङ्गु संक्रमितहरुका लागि काठमाडाैं महानगरपालिकाले २४ घण्टे हटलाइन सेवा सुरु गरेकाे छ ।
महानगरले डेंगु संक्रमितका लागि स्वास्थ्य परामर्श दिन हटलाइन सुरु गरेको महानगरका मेयर बालेन शाले बताएका छन् ।
संक्रमित भए वा नभएको शंका लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट परामर्श पाउन सकिनेछ ।
त्यस्तै मेयर शाहले आवश्यक भएमा १०२ मा कल गरेर महानगरको निशुल्क एम्बुलेन्स सेवा लिन सकिनेसमेत बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया