भारु र रुबलमा व्यापार हुने

एजेन्सी :अमेरिकी आर्थिक नाकाबन्दीको प्रभावबाट बच्न भारत र रूसले दुई देशबीचको आर्थिक सम्बन्धलाई आफ्ना मुद्रामा विनिमय गरी विस्तार गर्ने भएका छन् ।

यी दुई देशबीचको आर्थिक सम्बन्धले स्थापित गरेको विश्वासका आधारमा उनीहरूले यो दिशामा काम अगाडि बढाएको देखिएको छ ।

रूसको सबैभन्दा ठूलो दोस्रो बैंक वीटीबीका अध्यक्षले  भारतसँगको व्यापारमा भारु र रुबलमा लेनदेन हुने घोषणा गरेका छन् ।

रूसको सरकारी समाचार एजेन्सी स्पूतनिकले वीटीबी बैंकका अध्यक्ष एन्डरू कोस्टिनको एक अन्तर्वार्ता छापेको छ ।

यो अभिव्यक्तिमा कोस्टिनले रूसी बैंक भारु र रूबलमा व्यापार गर्न तयार रहेको जनाए ।

यसका लागि दुबै देशले यस्तो व्यवस्था बनाउनुपर्ने हुन्छ जस अन्तर्गत यी दुई मुद्राबीच लेनदेनको कारोबार सुनिश्चित हुने उनले जनाए ।

यो विषयमा अगाडि बढेको काम ठीक ढंगबाट अगाडि बढे आगामी दुई वर्षमा यसले राम्रो नतिजा दिने विश्वास गरिएको छ ।

स्थानीय मुद्रामा हुने व्यापारबाट दुई देशबीचका सम्बन्धहरू थप बलियो हुनेछ ।

कोस्टिन हालै  रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गरेको भारत भ्रमणको क्रममा पुटिनसँगै भारत आएका थिए ।

भारत र रूसले २०२५सम्म वार्षिक व्यापार १० अर्ब अमेरिकी डलरबाट बढाएर ३० अर्ब डलरसम्म पु¥याउने सहमति गरेका छन् ।

भारतको वित्तमन्त्रालय र केन्द्रीय बैक रिजर्भ बैंक अफ इन्डियाले तेलको आयातमा भारु  र अन्य सामान दिने विकल्पको खोजी गरिरहेको छ ।

भारतले ,रूस, इरान र भेनेजुएलासँग तेलका लागि यस्तो सम्झौता गर्न खोजिरहेको छ ।

भारतले भेनेजुएलासँग तेलको आपूर्तिको साटो औषधिको आपूर्ति गर्ने देखिएको छ । 

यसका अतिरिक्त भारतको वाणिज्यमन्त्रालयले रिजर्भ बैंक अफ इन्डियालाई चीनसँग भारु र चिनियाँ मुद्रा युयानमा कारोबार गर्ने विकल्प खोज्न भनेको छ ।

भारतमा विदेशमुद्रा अमेरिकी डलर र युरोको मूल्यमा भारुको तुलनामा बृद्धि भएपछि  यसको विकल्प खोज्न शुरू गरिएकोहो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?