एससिटी डेबिट कार्ड प्रयोगकर्तालाई ग्लोबल आइएमई बैंककाे आकर्षक अफर

लोकपथ
78
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकका एससिटी डेबिट कार्ड प्रयोगकर्ताहरुले यस पटकको दसैँमा ३३ दशमलव ३३ प्रतिशतसम्म क्यास ब्याक प्राप्त गर्न सक्ने भएका छन् । बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिज् (एससिटी) सँगको सहकार्यमा यसपालीको दसैँका लागि एससिटी डेबिट कार्ड भएका ग्राहक लक्षित एससिटी तथा युपिआई कार्डको दमदार दसैँ धमाका थ्री–डि अफर अन्तर्गत क्यासब्याक सुबिधा ल्याएको हो । ।

यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यास ब्याक अफर हो जहाँ कुनै पनि प्वाइन्ट अफ सेल (पस) टर्मिनलहरूमा भुक्तानी गरी कारोबार गर्ने एससिटी डेबिट कार्ड होल्डर ग्राहकहरूले ३३ दशमलव ३३ प्रतिशत अर्थात अधिकतम एक हजार रुपैयाँसम्म क्यासब्याक पाउन सक्ने छन् । यो योजना पश्चात एससिटी कार्ड होल्डर ग्राहकहरूलाई एससिटी कार्ड मार्फत गरिने ग्राहकहरूको विश्वास बढाउन सकिने बैंकले जनाएको छ ।

असोज १ गतेदेखि दसैँभरि चल्ने यो योजनामा कम्तिमा तीन वटा पस कारोबार गर्ने कार्ड होल्डरलाई पाँच सय रुपैयाँ तथा कम्तिमा छ वटा पस कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई एक हजार रुपैयाँ क्यासब्याक प्रदान गरिने छ ।

क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा पाँच सय रुपैयाँको हुनुपर्नेछ जसमा दिनको एउटा कारोबारलाई मात्र गणना गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?