एक महिनामै भित्रियो ९२ अर्ब रेमिटेन्स

लोकपथ
104
Shares

काठमाडौं । वैदेशिक रोजगारीबाट प्राप्त हुने आय अर्थात रेमिटेन्स रकममा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिती सम्बन्धी पहिलो महिनाको प्रतिवेदन अनुसार रेमिटेन्सममा २० दशमलव ३ प्रतिशतले वृद्धि भई ९२ अर्ब २१ करोड पुगेको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव चार प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२ दशमलव ५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६ दशमलव आठ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या दुई सय २२ दशमलव ८ प्रतिशतले वृद्धि भई ४४ हजार पाँच सय ४० पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुन : श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७५ दशमलव चार प्रतिशतले वृद्धि भई २० हजार तीन सय ९० पुगेको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या दुई सय ८६ दशमलव १ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १८ दशमलव ४ प्रतिशतले वृद्धि भई एक खर्ब एक अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १५ दशमलव सात प्रतिशतले घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?