२१ आश्विन २०७९, शुक्रवार

एक सय १० वर्ष पुरानो क्लबमा ऋचाको विवाह पार्टी

२०७९,भाद्र,३०,बिहीवार २०:२५

207
Shares

एजेन्सी । कैयौं वर्षसम्मको एकअर्काको डेटपछि बलिउड अभिनेत्री ऋचा चड्ढा प्रेमी अलि फजलसँग विवाह गर्दैछन् । उनीहरूले आगामी ६ अक्टोबरमा विवाह गर्दैछन् । उनीहरूको विवाहको तयारी निकै भव्य किसिमले भइरहेको छ ।

उनीहरूको विवाहको कार्यक्रम ३० सेप्टेम्बरबाट सुरु भएर ७ अक्टोबरसम्म चल्नेछ । ऋचाले वेडिङ आउटफिटका लागि पाँच अलग–अलग डिजाइनर छनोट गरेकी छन् । सञ्जयलीला भन्सालीको वेब सिरिज ‘हीरामण्डी’ को छायांकनसँगै ऋचाले विवाहको तयारी पनि गरिरहेकी छन् ।

ऋचा र अलिको पाँच अलग अलग वैवाहिक कार्यक्रम हुने भएकाले पाँच डिजाइनर छनोट गरिएको हो । उनीहरूले विवाह पार्टीका लागि भारतमा रहेको सबैभन्दा पुरानो क्लब दिल्ली जिमखाना क्लब छनोट गरेका छन् । यो क्लब एक सय १० वर्ष पुरानो क्लब हो ।

ऋचा र अलि आफ्ना परिवार तथा नजिकका साथीको उपस्थितिमा मुम्बईमा निजी समारोहमा विवाह गर्दैछन् । त्यसपछि उनीहरुले नयाँदिल्ली र मुम्बईमा पार्टी दिनेछन् ।

प्रकाशित मिति: २०७९,भाद्र,३०,बिहीवार २०:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दसैँको रौनकले नेपालीलाई छपक्कै छोपेको छ । दसैँको मूख्य रोचक पक्ष भनेको एकसरो नयाँ कपडा लगाउने, पिङ खेल्ने, मामाघर जाने,

एजेन्सी । अभिनेता अजय देवगन र सिद्धार्थ मल्होत्रा स्टारर फिल्म ‘थ्याङ्क गड’को ट्रेलर सार्वजनिक भइसकेको छ । ट्रेलरलाई धेरै दर्शकले

काठमाडौं । विभिन्न लोकप्रिय गीतहरुका गायक सञ्जिव पराजुली नेपाली सांगीतिक क्षेत्रको स्थापित नाम हो । आफूले गाउने गीतमा केही पृथक

काठमाडौं । नेपाली गीतहरुले पछिल्लो समय निकै लोकप्रियता कमाइरहेका छन् । हात हातमा इनटर्नेटको पहुँचले पनि पछिल्लो समय गीत संगितहरुले

ताजा समाचार

दक्षिण अफ्रिकाले भारतलाई हरायो
 २०७९,आश्विन,२१,शुक्रवार ०७:५९
बडादसैँको टीका आज पनि लगाइदै
 २०७९,आश्विन,२१,शुक्रवार ०७:४८
थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,आश्विन,२१,शुक्रवार ०७:३४