सर्वसाधरणका लागि नयाँ नोट सटही सुबिधा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

लोकपथ
0
Shares

काठमाडौं । सर्वसाधरणका लागि नयाँ नोटको सटही सुबिधा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले बिहीवार वाणिज्य बैंकहरुको नाममा परिपत्र जारी गर्दे सहजरुपमा सटही सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले परिपत्र मार्फत भनेको छ, ‘बडादसैँको अवसरमा सर्वसाधारणबाट साना दरका नयाँ नोटहरुको माग अत्याधिक हुने गरेको विगतको अनुभवलाई मध्यनजर गरी बडादसैँ २०७९ को अवसरमा सर्वसाधारणलाई नयाँ नोट सटही गर्न सहज होस भनि यस बर्ष सम्पुर्ण वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले नयाँ नोट उपलब्ध गराई सकेको छ । यसै सन्र्दभमा यही असोज दुई गतेदेखि आफ्नो बैंकको काठमाडौं उपत्यका भित्रका तोकिएका शाखा कार्यालयहरु मार्फत नयाँ नोट सटहीको व्यवस्था मिलाउन अनुरोध गरिएको राष्ट्र बैंकले जनाएको छ ।’

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले सर्वसाधारणहरुलाई नयाँ नोटको सटही सुविधाको लागि काठमाडौं उपत्यका अर्थात काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला भित्रका कम्तीमा पाँच वटा शाखा कार्यालयहरु तोकी आफ्नो वेभसाईट मार्फत सुचना दिने र त्यस्तो सूचनामा नयाँ नोट सुकिलो, नो सटही गर्ने समयावधी र संख्या समेत उल्लेख गर्नुपर्ने छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले सर्वसाधारणहरुलाई ५, १०, २०, ५० र १०० रुपैयाँ दरको प्रतिव्यक्ति बढीमा एक एक प्याकेटका दरले १८,५०० रुपैयाँसम्मको सटही सुविधा उपलब्ध गराउनु पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?