वृक्षारोपणका लागि जाली हस्तान्तरण

लोकपथ
49
Shares

काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायी संघले वृक्षारोपण कार्यक्रमका लागि आवश्यक जाली सहयोग गरेको छ । संघले बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालय गुहेश्वरी काठमाडौंलाई जाली सहयोग गरेको हो ।

संघको तर्फबाट काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बागमति सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिनालाई जाली तथा उपकरण हस्तान्तरण गरेकी हुन् ।

ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंका अध्यक्ष यज्ञदास श्रेष्ठले सात लाख ४४ हजार पाँंच सय बराबरको सफाइ औजार तथा उपकरण प्रदान गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?