गठबन्धन नातावाद, परिवारवाद र स्वार्थमा कुदेको छ : केपी ओली

लोकपथ
91
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन स्वार्थ लागि भएको बताएका छन् । बिहीबार पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धन नातावाद, परिवारवाद र स्वार्थमा कुदेको टिप्पणी गरे ।

उनले गठबन्धनले देशलाई हरेक हिसाबले अधोपतनतिर लगेको भन्दै यसबाट बचाउन एमालेबाहेक अरुले नसक्ने पनि बताए । एमालेलाई हराउन सजिलो नभएकाले गठबन्धन गर्नुपरेको उनले बताए । उनले गठबन्धनका केही नेताहरु आफूलाई महारथी ठान्ने गरेपनि उनीहरुको कुनै हुति नभएको बताए ।

‘गठबन्धनका कसैको पनि हुति हविगत छैन, एक्लै एमालेका अघि आउन सक्दैनन् । सामुन्ने आएर हेर्ने आँट गर्दैनन्’, ओलीले भने, ‘हरेक दिन बसेका छन् । उनले गठबन्धन नेपाली जनतालाई सुन्नै मन नलाग्ने भइसकेको बताए ।

उनले भने ‘बिहानै गठबन्धन, बेलुकै गठबन्धन, नातावाद परिवारवाद र स्वार्थमा कुदेको छ ।’ ओलीले प्रचण्डलाई आफूले सम्मानपूर्वक आफ्नै सिट छेउमा राखेपनि उनले ग्वाम्मै छुरी रोपेको टिप्पणी गरेका हुन् । ओलीले भने, ‘मैले प्रचण्डलाई आउनुस् मित्र एकीकृत पार्टी बनाऔं, बलियो वामपन्थी कम्युनिस्ट पार्टी बनाऔं, समाजवादतर्फ एकतावद्ध भएर अगाडि बढौँ भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको थिएँ ।’

एकतावद्ध भएर जाऔं भनेर मैले हात मिलाएको मात्रै होइन, अंगालो हालेको थिएँ । तर, प्रचण्ड हात लुकाइलुकाइ हिँड्थे, म अलिअलि होसियार त थिएँ । नभन्दै मैले अँगालो मार्ने प्रचण्डले ग्वाम्मै छुरी रोपे ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?