‘खुकुरी ह्वाइट रम’ सार्वजनिक

लोकपथ
0
Shares

काठमाडौं । संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टिलरिज’ले आफ्नो बहुचर्चित खुकुरी ब्राण्डअन्तर्गत ‘खुकुरी ह्वाइट रम’ बजारमा ल्याएको छ । योसँगै खुकुरी ब्राण्डको पोर्टफोलियोमा अब तीन प्रकारका रमहरू भएका छन् : खुकुरी ट्रिपल एक्स, खुकुरी स्पाइस्ड र खुकुरी ह्वाइट रम ।

खुकुरी ह्वाइट रम एक स्पष्ट पारदर्शी रम हो, जसले गर्मीयामका पेयहरूको माग पूरा गर्नेछ । यसलाई बरफ (आइस) हालेर पिउन सकिन्छ, वा कोला वा जुस जस्ता मिक्सरहरूसँग पनि पिउन सकिन्छ । ‘खुकुरी ह्वाइट रम’लाई ककटेल बनाउन व्यापक रुपमा प्रयोग गर्न सकिन्छ ।

मोहितो लोकप्रिय ककटेलमध्ये एक हो, जुन ह्वाइट रम प्रयोग गरी बनाइन्छ । ह्वाइट रमको स्थानीय उत्पादन नहुने र आयातित मदिरामा प्रतिबन्धका कारण नेपालका बारहरूले हिजोआज मोहितो बनाउन अन्य पारदर्शी र सेतो रक्सीको प्रयोग गर्नुपर्ने बाध्यता छ । तर, अब नेपाली उपभोक्ताहरूले फेरि ह्वाइट रमसँग मोहितो पिउन सक्नेछन् । खुकुरी रमले मोहितो पारखीहरुलाई अरू कुनै तरल पदार्थ नभई रममा बनेको मोहितो नै अर्डर गर्न समेत प्रोत्साहन गर्ने बताईएको छ ।

नेपालको मौलिक स्वादलाई कायमै राखेर कम्पनीले खुकुरीको ह्वाइट रम तयार गर्न २ वर्षभन्दा बढी समय लगाएको थियो । ह्वाइट रमलाई विश्वस्तरीय तरल पदार्थको रुपमा विकास गर्नुअघि व्यापक परीक्षण र प्रतिक्रियाको श्रृंखलाहरु सञ्चालन गरिएका थिए । यो क्रममा नेपालका सबै प्रिमियम बार र रेष्टुरेन्टहरूबाट अपार समर्थन र सहयोग प्राप्त भएको कम्पनीले जनाएको छ ।

खुकुरी रमको ब्राण्ड पोर्टफोलियोमा विश्वस्तरीय ह्वाइट रम थपिएकोमा आफूलाई गर्व महसुस भएको ‘दि नेपाल डिस्टीलरिज’का महाप्रबन्धक शुभाष लामिछानेले बताए । उनले भने, ‘हामीले रमको आधारभूत पोर्टफोलियो अब पूर्ण गरेका छौं । हामीले उत्पादन गर्दै आएका रमका अन्य भेराइटी निर्यात गरेजस्तै ह्वाइट रम पनि निर्यात गरी विदेशी मुद्रा आर्जन हुने र यसबाट राष्ट्रिय अर्थतन्त्रलाई थोरै भए पनि टेवा पुग्ने विश्वास लिएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?