लागूऔषधसहित पक्राउ

धनगढी, ३१ असोज ।कैलालीको सीमावर्ती प्रहरी चौकी त्रिनगर भन्सार नाकाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढा मगरले भन्सार नाकामा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा धनगढी उपमहानगरपालिका–४ का २२ वर्षीय भूपेन्द्र भट्ट र डडेल्धुरा दमडा गापा–४ का करन भाटलाई २३ ट्याब्लेट स्पास्मो, १२ ट्याब्लेट नाइट्रोभेट र तीन टुक्रा कोपट्याब लागूऔषधसहित सोमबार साँझ पक्राउ गरिएको जानकारी दिए । उनीहरुलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?