पाकिस्तानमा स्वास्थ्य संकटको चेतावनी

लोकपथ
104
Shares

इस्लामाबाद । पाकिस्तानी स्वास्थ्य अधिकारीहरूले हालै आएको बाढीपछि देशमा स्वास्थ्य संकट आउन सक्ने चेतावनी दिएका छन् । बाढीका कारण जुनको मध्यदेखि हालसम्म करिब १ हजार ५ सय जनाको मृत्यु भएको छ भने ३ करोड ३० लाख मानिस प्रभावित भएका छन् ।

देशका विभिन्न भागहरूमा उद्धार र निकासीको प्रयास जारी रहँदा स्वास्थ्य विशेषज्ञहरूले डेंगू, मलेरिया र गम्भीर संक्रमणका घटना भएको जनाएका छन् । धेरै विस्थापित मानिसहरू दुर्गन्धित पानी नजिक बसिरहेका छन् । डेंगू ज्वरोले धेरैको ज्यान गइरहेको छ भने मानिसहरू दिनप्रतिदिन संक्रमित बनिरहेका छन् ।

दक्षिणी सिन्ध प्रान्तमा स्वास्थ्य अधिकारीहरूले डेंगू ज्वरोका करिब ३ हजार ८ सय ३० केस रिपोर्ट गरेका छन् । तीमध्ये कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

‘समग्रमा सिन्धको अवस्था निकै खराब छ । प्रान्तभर हामीले मेडिकल शिविर प्रबन्ध गरिरहेका छौँ । मलेरियापछि अहिले हामी डेंगूका बिरामी देखिरहेका छौँ’, पाकिस्तान मेडिकल संघका महासचिव डाक्टर अब्दुल घाफुर सोरोले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?